Logo
Logo
खेलकुद

साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग भारत पराजित

त
तिलिचो न्यूज
२०८२ माघ १९ गते २२:३७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

कास्की,१९ माघ : पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको आजको पहिलो खेलमा भारतलाई बङ्गलादेशले २–० गोलले पराजित गरेको छ ।

बङ्गलादेशले खेलको पहिलो हाफमा गरेको दुई गोलनै भारतलाई हराउन पर्याप्त रह्यो । खेलको २९ औँ मिनेटमा कप्तान अरपिता विश्वास अरपिताले गोल गरेर अग्रता बनाउनुभएको थियो ।

यसैगरी खेलको ४० औँ मिनेटमा अल्पी अक्तरले बङ्गलादेशका लागि गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । पहिलो हाफमा दुई गोलले पछि परेको भारतले खेलमा फर्कन प्रयास गरेपनि सफल हुन सकेन ।

दुई खेलमा जित हासिल गरेपछि बङ्गलादेश जारी प्रतियोगिताको अङ्क तलिकामा शीर्ष स्थानमा रहेको छ । बङ्गलादेशले ६ अङ्क जोड्दा समान खेल खेलको भारत तीन अङ्कसहित दोस्रो स्थानमा छ । लिग चरणको आजको अर्को खेल घरेलु टोली नेपाल र भुटानबीच हुँदैछ । यी दुबै टोलीले पहिलो खेलमा पराजित भएका थिए ।

नेपाल आफ्नो पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो भने उद्घाटन खेलमा भुटान भने बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

खेल पर्यटनको केन्द्र बन्दै ‘गल्फ कोर्स’

साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

साफ यु–१९ महिला च्याम्पियनसिपको उपाधि भारतलाई

आईसीसी ट्वान्टी–२० विश्वकप : भारतको विजयी सुरुआत, अमेरिका २९ रनले पराजित

आईसीसी ट्वान्टी–२० विश्वकप : भारतको विजयी सुरुआत, अमेरिका २९ रनले पराजित

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित